ज्योति विकास बैंकको लाभांश घोषणा

Nov 25, 2021 10:31 AM Merolagani



ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र सोमा लग्ने कर सहित ४.५ प्रतिशत नगद लाभांश गरी कुल कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ। ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।