तरलता सहज बनाउन वित्तीय बजारमा २० अर्ब पठाउदै राष्ट्र बैंक

Nov 25, 2021 12:29 PM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले मंसिर ९ गते बिहीबार आज वित्त बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको हो। केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो।

केन्द्रीय बैंकले १४ दिनमा मंसिर २३ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार २ः१५ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।

वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।