तरलता सहज बनाउन वित्तीय बजारमा २० अर्ब पठाउदै राष्ट्र बैंक

Nov 25, 2021 12:29 PM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले मंसिर ९ गते बिहीबार आज वित्त बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको हो। केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो।

केन्द्रीय बैंकले १४ दिनमा मंसिर २३ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार २ः१५ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।

वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।