राष्ट्रिय सुरक्षाको कारण देखाउँदै दर्जनभन्दा बढी चिनियाँ कम्पनीहरु युएसकाे ब्ल्याकलिस्टमा

Nov 25, 2021 02:18 PM Merolagani



अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा र विदेशी नीतिहरुको अवस्थाका कारण देखाउँदै डर्जनभन्दा बढी चिनियाँ कम्पनीहरुलाई ब्ल्याकलिस्टमा राखेको छ।

केही कम्पनीहरुले चिनिया मिलिटरी क्वान्टम कम्प्यूटिङ्ग प्रोग्राम निर्माण गर्न सहयोग गरिरहेको वासिङ्गटनले बताएको छ।

ताइवानको स्थिति र अन्य मुद्दाहरुमा अमेरिका र चीन बीच तनाव बढ्दै गएपछि यस कदम चालिएको बताइएको छ।

व्यापार यस महिनाको शुरुवातमा दुबै देशका शीर्ष नेतहरु बिच एक भर्चुअल सम्मेलनमा चर्चा गरिएको वस्तुहरुमध्ये एक थियो।

चिनिया सेनाका क्वान्टम कम्प्यूटिङ्ग प्रयासहरुमा सहायता गर्ने र ‘सैन्य अनुप्रयोगहरुको समर्थनमा अमेरिकी मूल वस्तुहरुलाई प्राप्त गर्ने प्रयास’ मा उनको कथित भूमिकाका लागि तथाकथित ‘इन्टिटी लिस्ट’ मा चीनमा आधारित ८ प्राविधिक कम्पनीहरु थपिएका थिए।

पछिल्लो ट्रम्प प्रशासनपछि राष्ट्रिय सुरक्षा कारण यस इन्टिटी सूचीको धेरै पछिक उपयोग गरिएको छ।

अमेरिकी वाणिज्य विभागले यो पनि भनेको छ कि चीन र पाकिस्तानमा सक्रिय १६ व्यक्ति र संस्थाहरुलाई ‘पाकिस्तानको असुरक्षित परमाणु गतिविधिहरु अथवा ब्यालेस्टिक मिसाइल कार्यक्रम’ मा सहभागि हुनुका कारण सूचीमा थपिएका थिए।

सूचीमा चीन, जापान, पाकिस्तान र सिंगापुरबाट कुल २७ नयाँ संस्थाहरु थपिएका थिए।

छुट्टै, मस्को इन्स्टिच्युट अफ फिजिक्स एण्ड टेक्नोलोजीको विभागको सेना अन्तिम प्रयोगकर्ता सूचीमा थपिएको थियो, यद्यपि लिस्टिङ्गले सैन्य उपकरणहरुको उत्पादन गर्ने बाहेक अन्य कुनै विवरण दिएको थिएन।

वाणिज्य सचिव जीना रेमण्डले एक बयानमा भनेका थिए कि नयाँ लिस्टिङ्गमा अमेरिकी प्राविधिहरुलाई चिनियाँ र रुसी ‘सैन्य उन्नति र पाकिस्तानको असुरक्षित परमाणु गतिविधिहरु या ब्यालेस्टिक मिसाइल कार्यक्राम जस्ता गतिविधिहरुलाई सहयोग गर्नबाट रोक्न मद्दत गर्नेछ।

ब्ल्याकलिस्टमा रहेका फर्महरुलाई सम्भावित आपूर्तिकर्ताहरुले अब उनीहरुलाई बेच्न सक्नु अघि इजाजतपत्रको लागि आवेदन दिन आवश्यक छ।

चिनियाँ दूरसञ्चार कम्पनी हुवावेलाई सन् २०१९ मा अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा भएको दाबी गर्दै सूचीमा थपिएको थियो।

यस कदमले यसलाई केही प्रमुख आपूर्तिकर्ताहरुबाट अलग गर्यो र कम्पनीलाई मोबाइल फोन उत्पादन गर्न गाह्रो बनायो।

चिनियाँ सरकारले औद्योगिक जासुसीमा भाग लिने कुरालाई पहिले अस्वीकार गरेको छ।

(बीबीसीबाट अनुवादित)




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।