निर्धन उत्थानको लाभांश घोषणा

Nov 26, 2021 10:36 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश गरी कुल ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ। २९.५ प्रतिशतका दरले लाभांश वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँ पुग्नेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।