अटो पत्रकार संघको नवनिर्वाचित कार्यसमितिलाई नाडाले गर्यो स्वागत, अध्यक्षमा शाह

Nov 26, 2021 12:21 PM Merolagani



अटो पत्रकार संघ (जाम)को नवनिर्वाचित कार्यसमितिलाई आटोमोबाइलस् एसोसियसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले नयाँ कार्यसमितिलाई स्वागत गर्दै अन्तरक्रिया तथा स्वागत कार्यक्रम शुक्रबार गरेकाे छ ।

हालै नवगठित जामकाे अध्यक्षमा उज्वलजंग शाह चयन भएका छन । त्यसैगरी उपाध्यक्ष सुरेन्द्र पौडेल, महासचिव सागर गजुरेल, सचिव तोयनाथ पौडेल, कोषाध्यक्ष रोशन कुमार श्रेष्ठ, सदस्यहरु सौरभ नेपाल, प्रयास श्रेष्ठ, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल, युवराज बस्नेत, उज्वल घिमिरे रहेका छन ।

कार्यक्रममा जामको उत्पत्ति, विकास, अबधारणा र भावी योजना के छन् ? अब कुन रुपमा अगाडि बढ्छ ? त्यसका बारेमा प्रकाश पार्दै जामका अध्यक्ष उज्वल जंग शाहले अटो सेक्टर जीवन र अर्थतन्त्र दुबैको मेरुदण्ड भएकाले नेपाल सरकार र अटो व्यवसायी बीचको सुमधुर सम्बन्धका लागि जामले बलियो पुल भएर काम गर्ने बताए ।

त्यसैगरी जामको उदय भएसँगै अब जाम र नाडाले के कसरी सहकार्य गर्न सक्छ भन्ने विषयमा उनले प्नष्ट पारे ।

कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले देशको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । सवारी साधनको चाप अनुसार सडकहरु नबनेको बताउँदै उनले व्यवसायी र पत्रकारहरुले सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा सरकारलाई सकारात्मक दबाब दिनुपर्ने बताए ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।