अटो पत्रकार संघको नवनिर्वाचित कार्यसमितिलाई नाडाले गर्यो स्वागत, अध्यक्षमा शाह

Nov 26, 2021 12:21 PM Merolagani

अटो पत्रकार संघ (जाम)को नवनिर्वाचित कार्यसमितिलाई आटोमोबाइलस् एसोसियसन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ । नाडाले नयाँ कार्यसमितिलाई स्वागत गर्दै अन्तरक्रिया तथा स्वागत कार्यक्रम शुक्रबार गरेकाे छ ।

हालै नवगठित जामकाे अध्यक्षमा उज्वलजंग शाह चयन भएका छन । त्यसैगरी उपाध्यक्ष सुरेन्द्र पौडेल, महासचिव सागर गजुरेल, सचिव तोयनाथ पौडेल, कोषाध्यक्ष रोशन कुमार श्रेष्ठ, सदस्यहरु सौरभ नेपाल, प्रयास श्रेष्ठ, रामकृष्ण न्यौपाने (शक्ति), वसन्त अर्याल, युवराज बस्नेत, उज्वल घिमिरे रहेका छन ।

कार्यक्रममा जामको उत्पत्ति, विकास, अबधारणा र भावी योजना के छन् ? अब कुन रुपमा अगाडि बढ्छ ? त्यसका बारेमा प्रकाश पार्दै जामका अध्यक्ष उज्वल जंग शाहले अटो सेक्टर जीवन र अर्थतन्त्र दुबैको मेरुदण्ड भएकाले नेपाल सरकार र अटो व्यवसायी बीचको सुमधुर सम्बन्धका लागि जामले बलियो पुल भएर काम गर्ने बताए ।

त्यसैगरी जामको उदय भएसँगै अब जाम र नाडाले के कसरी सहकार्य गर्न सक्छ भन्ने विषयमा उनले प्नष्ट पारे ।

कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले देशको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिए । सवारी साधनको चाप अनुसार सडकहरु नबनेको बताउँदै उनले व्यवसायी र पत्रकारहरुले सडकको स्तरउन्नतिसहित पूर्वाधार विकासमा सरकारलाई सकारात्मक दबाब दिनुपर्ने बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।