२४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको निधन

Nov 26, 2021 06:46 PM Merolagani



पछिल्लो २४ घण्टामा नेपालमा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार सात हजार ८२९ पीसीआर परीक्षणमध्ये २४२ जनामा र दुई हजार ६१७ एन्टिजेन परीक्षणमध्ये २८ जनामा संक्रमण पाइएको हो ।

शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका ९२ जना, ललितपुरका ३० जना र भक्तपुरका १२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ३०२ रहेको छ । सोहि अवधिमा कोभिड १९ का कारण दुई जनाको निधन भएको छ । हाल नेपालमा सात हजार २८७ जना सक्रिय संक्रमित छन् ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।