एनआईसी एशिया बैंकलाई आईएसओ २७००१ः २०१३ प्रमाणपत्र

Nov 26, 2021 06:39 PM Merolagani



एनआईसी एशिया बैंकले (NICA) अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं आईएसओबाट मान्यता प्राप्त आईएसओ २७००१ः २०१३  मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

आईएसओ २७००१ः २०१३  मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटि अष्ट्रियासँग आबद्ध सर्टिफिकेटिक इन्फरमेशन शेक्युरिटि सर्भिसेज जीएमबीएच यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो । यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंककाे मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।