ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 28, 2021 08:37 AM Merolagani



ग्लोबल आइएमई बैंक(GBIME) सञ्चालक समितिले वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते आइतबार अन्तिम दिन हो ।

बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्लोज गर्ने भएको छ । जस अनुसार आज आईतबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् ।

मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा विहान १० वजे हुँदै गरेको सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ । त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ भने प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत रहेको छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।