एफपिओ निष्काशनको प्रस्ताव गर्दै समता घरेलुले डाक्यो साधारण सभा

Nov 28, 2021 10:39 AM Merolagani



समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड(SMATA)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव सहित सर्वसाधारणलाई एफपिओ निष्काशन गर्ने विशेष प्रस्तावपारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले पुस ७ गते, बुधबार मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा आठौं वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी लघुवित्तको शेयर संरचना ७० प्रतिशत संस्थापक तथा ३० प्रतिशत सर्वसाधारण तर्फको हुनेगरी सर्वसाधारणलाई एफपिओ शेयर जारी गर्ने प्रस्ताव सभाले अनुमोदन गर्ने छ।

यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २४ गतेदेखि गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।