साताको पहिलो दिन सुनको मूल्य बढ्याे, चाँदीको भाउ भने घट्याे

Nov 28, 2021 11:58 AM Merolagani



साताको पहिलो दिन सुनको मूल्य बढेकाे छ । मंसिर १२ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

आइतबार चाँदीको भाउमा भने गिरावट देखिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच भइरहेको हो । शुक्रबार पनि चाँदीको भाउ ओरालो लाग्दा प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको महासंघको तथ्यांकमा देखिन्छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।