आइतबार १५८ जनामा कोभिड १९ पुष्टि, ३४२ जना संक्रमणमुक्त

Nov 28, 2021 04:48 PM Merolagani



आइतबार १५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ६ हजार ६०४ पीसीआर परीक्षणमध्ये १५४ जनामा र २ हजार ३१४ एन्टिजेन परीक्षणमध्ये ४ जनामा संक्रमण पाइएको हो ।

नेपालमा कोरोनाका कारण थप २ जनाको निधन भएको छ । हालसम्म ११ हजार ५२३ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

२४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या भने ३४२ रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कुल ९ लाख १६ हजार ३५० जनामा कोभिड १९ पोजिटिभ पाइएकोमा ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४२ जना र ललितपुरका १२ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ छ भने क्वारेन्टिनमा रहनेको संख्या ९८ छ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।