आइतबार १५८ जनामा कोभिड १९ पुष्टि, ३४२ जना संक्रमणमुक्त

Nov 28, 2021 04:48 PM Merolagani



आइतबार १५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ६ हजार ६०४ पीसीआर परीक्षणमध्ये १५४ जनामा र २ हजार ३१४ एन्टिजेन परीक्षणमध्ये ४ जनामा संक्रमण पाइएको हो ।

नेपालमा कोरोनाका कारण थप २ जनाको निधन भएको छ । हालसम्म ११ हजार ५२३ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

२४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या भने ३४२ रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कुल ९ लाख १६ हजार ३५० जनामा कोभिड १९ पोजिटिभ पाइएकोमा ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४२ जना र ललितपुरका १२ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ छ भने क्वारेन्टिनमा रहनेको संख्या ९८ छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।