मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन

Dec 01, 2021 08:09 AM Merolagani



मंसिर १५ गते बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको १७.५७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ५७१ रुपैयाँ ६४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयर मूल्य समायोजन गरेको हो। मंगलबार बैंकको शेयर प्रतिकित्ता ६७२ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यसै समायोजित मूल्यलाई आधारमा मानेर बुधबार बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७.५७ प्रतिशत बोनस शेयर र ०.९२ प्रतिशत नगद लाभांश गरी कुल १८.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

मंसिर २५ गते शनिवार हुने बैंकको १५ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांस अनुमोदन गर्ने छ। सभा होटल जल महल घारीपाटन पोखरामा विहान ९ वजे हुने छ। सभाले प्रस्तावित लाभांश सहित अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।