मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन

Dec 01, 2021 08:09 AM Merolagani



मंसिर १५ गते बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको १७.५७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता ५७१ रुपैयाँ ६४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयर मूल्य समायोजन गरेको हो। मंगलबार बैंकको शेयर प्रतिकित्ता ६७२ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यसै समायोजित मूल्यलाई आधारमा मानेर बुधबार बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७.५७ प्रतिशत बोनस शेयर र ०.९२ प्रतिशत नगद लाभांश गरी कुल १८.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

मंसिर २५ गते शनिवार हुने बैंकको १५ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांस अनुमोदन गर्ने छ। सभा होटल जल महल घारीपाटन पोखरामा विहान ९ वजे हुने छ। सभाले प्रस्तावित लाभांश सहित अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।