व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Dec 01, 2021 06:50 PM Merolagani



हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे दशाैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

#

स्टलवार्टः पीईमा केन्द्रित हुनुहोस् र कुनै स्टकको मूल्य पछिल्लो महिनामा नाटकिय तरिकाले बढेको छ कि छैन हेर्नुहोस् र केही कुराले वृद्धिदर बढाइरहेको छ भने के हुन्छ?

कोकाकोला कम पीईमा बिक्री भइरहेको छ। स्टकको मूल्य पछिल्लो २ वर्षमा कहीँ गएको छैन। कम्पनीले आफुलाई धेरै तरिकाले सुधारिसकेको छ। यसले आफ्नो आधा भन्दा बढी कोलम्बिया पिक्चर्सलाई बिक्री गरिसकेको छ। डाइट ड्रिंकहरुको वृद्धिदर अत्यन्तै बढाएको छ। गत वर्ष, जापनीहरुले पछिल्ला वर्षहरुमा भन्दा ३६ प्रतिशत बढी कोक पिएका छन्। यो अभूतपूर्व प्रगति हो। विदेशी बिक्री सामान्यतया राम्रो छ। छुट्टै स्टक निष्काशन गरेर, कोकाकोला इन्टरप्राइजेजले आफ्ना धेरै स्वतन्त्र क्षेत्रिय वितरकहरु खरिद गरेका छन्। अहिले घरेलु बिक्री र वितरणमा कम्पनीको राम्रो नियन्त्रण छ। त्यसैले, कोका कोलाले आम मानिसहरुले सोचेभन्दा धेरै राम्रो गर्न सक्छ।

फास्ट ग्राअर्सः यिनीहरुले कहाँ र कसरी छिटो वृद्धि गर्न योजना बनाउछ त्यसमा ध्यान दिनुहोस्

ला क्विन्टा टेक्सासबाट शुरु भएको एक मोटल चेन हो। यो त्यहाँ नाफामुलक थियो। आफ्नो सफलताको शुत्र यसले अकान्सास र लुइसियानामा पनि अपनाएको छ। गत वर्ष यसले अघिल्लो वर्षभन्दा २० प्रतिशत मोटल बढाएको छ। हरेक त्रैमासमा आम्दानी बढीरहेको छ। कम्पनीले भविष्यमा छिटै विस्तार गर्ने योजना बनाएको छ। ऋण पनि धेरै छैन। मोटल कम वृद्धि हुने र निकै प्रतिस्पर्धात्मक क्षेत्र हो, तर ला क्विन्टाले केही एकदमै राम्रो बनाएको छ। यो अझै धेरै माथि जान बाँकी छ।

तपाईले जति थाहा पाउनु भयो त्यति राम्रो हुन्छ। धेरै केसहरुमा तपाईले विषयवस्तु तयार पार्न धेरै समय लगाउनु पर्ने हुन्छ।

अध्याय १२ः सत्य पत्ता लगाउने

हल्लाहरु अधिकांश रमाइला हुन्छन्, तर लगानीकर्ता भइकन तपाईले सत्यता पत्ता लगाउन तर्फ ध्यान दिनुपर्छ। वार्षिक तथा त्रैमासिक रिपोर्ट सत्यताको राम्रो स्रोत हो। जुन कुरा तपाईले वार्षिक रिपोर्टबाट प्राप्त गर्न सक्नुहुन्न, त्यो तपाईले ब्रोकरमा, कम्पनीमा कल गरेर, कम्पनीको भ्रमण गरेर अथवा केही ग्राउण्डलेभल अनुसन्धान गरेर प्राप्त गर्न सक्नुहुन्छ।

ब्रोकरहरुबाट धेरैभन्दा धेरै कुरा निकाल्ने

यदि तपाईको ब्रोकरले केही स्टक सुझाउँछ भने, तपाईले उसलाई त्यसको वर्ग अनुसारको पछिल्लो आम्दानी, पिई रेशियो, विगतका वर्षहरुको कुरा, व्यवसाय विस्तारका योजना, ऋणको अवस्था, इन्साइडर बाइ र बाइब्याक शेयर आदिको बारेमा जानकारी निकाल्न सक्नुहुन्छ।

कम्पनीमा फोन गरेर साेध्ने

यदि तपाईसँगै निश्चित प्रश्नहरु छन् भने, इन्भेष्टर रिलेन्स अफिस त्यसको जवाफ पाउने राम्रो स्थान हुन सक्छ। फोन गर्नु अघि, आफ्ना प्रश्नहरु तयार गर्नुहोस्। तपाईले गर्न खोजिराख्नु भएको भनेको आफुले तयार पार्दै गरेको कथाका लागि प्रतिक्रिया हुन्। आफुले केही अध्ययन अनुसन्धान गरेको छ भन्ने देखाउनु सँधै राम्रो हुन्छ। जस्तैः ‘मैले पछिल्लो वार्षिक रिपोर्टमा तपाईहरुले आफ्नो ऋण ५०० मिलियन डलर घटाउनु भएको देखेको थिए।’

केन्द्रिय कार्यालय भ्रमण गर्नु, इन्भेष्टर रिलेसन्सलाई भित्रै भेट्नु वार्षिक बैठकहरुमा सहभागिता जनाउनु आदि जानकारी जम्मा गर्ने अरु उपायहरु हुन्। पटिरले पत्ता लगाएको अर्को तरिका भनेको पसलहरु घुम्नु र चीजहरु चाख्नु एकदमै महत्वपूर्ण छ। उनले ला क्विन्टा खरिद गर्नुभन्दा अघि उनीहरुको मोटलमा तीन रात बिताएका थिए।

रिपोर्ट पढ्ने

वार्षिक रिपोर्टभन्दा राम्रो स्रोत अरु कुनै छैन।

वासलात

  • चालु सम्पत्ति सेक्सनमा क्यास र मार्केटेबल सेक्यूरिटिजलाई ध्यान दिनुहोस्। यदि यो दुईवटा दीर्घकालिन दायित्व सेक्सनको दीर्घकालिन कर्जाभन्दा बढी हुन्छ भने यो राम्रो हुन्छ। अवस्था जस्तो सुकै होस्, कम्पनी आफ्नो व्यवसायबाट बाहिरिँदैन।
  • एकाउण्ट रिसिभएबल, इन्भेष्टरिज र अन्य चालु सम्पत्तिसहितको अन्य चालु सम्पत्ती अल्पकालिन लगानी पूर्ति गर्न पर्याप्त छ।
  • यदि क्यासभन्दा दीर्घकालिन लगानी बढी छ, क्यास घटिरहेको छ र ऋण बढीरहेको छ भने, त्यो कम्पनीको वित्तीय अवस्था कमजोर छ।
  • ऋण घट्नु समृद्धिको अर्को चिन्ह हो। जब ऋणको तुलना क्यास बढ्छ, यो सुधारात्मक वासलात हो। जब यो उल्टो हुन्छ, यो नराम्रो वासलात हो।

विगतको १० वर्षमा शेयर घटेको वा बढेको छ, हेर्नुहोस्। शेयर बाइ ब्याक गर्दा प्रतिशेयर आम्दानी बढ्छ र शेयरमूल्य पनि।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।