महिला लघुवित्तको शेयरमूल्य समायोजन

Dec 02, 2021 08:19 AM Merolagani



मंसिर १६ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBSL) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन लघुवित्तको ४७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ३ हजार ६५८ रुपैयाँ ९८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, लघुवित्तको शेयर प्रतिकित्ता ५ हजार ३९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले मंसिर २२ गते डाकेको चौथो वार्षिक साधारण सभा र ५० प्रतिशत लाभांश वितरण गर्ने प्रयोजनको लागि आज, बिहीबारदेखि बुकक्लोज गरेको हो।

मंसिर २२ गते बुधबार हिमालय दृश्य रिसोर्ट, धुलिखेल काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुने सभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभाले अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सहित लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ भने प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत रहेको छ।

बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।