फन्डामेन्टल र टेक्निकल दुबैको राम्रो संकेत नदेखिएको बिश्लेषण, लगानीकर्ता अत्तालिदा ७२ अंकले पहिरो

Dec 05, 2021 04:41 PM merolagani

सुवास निरौला

साताको पहिलो दिन आइतबार शेयर बजार फराकिलो अंकले घट्यो। कारोबारको शुरुदेखि नै घटेको बजार अन्त्यमा ७२.३२ अंकको गिरावट सँगै २५१३.८७ अंकमा झरेर बन्द भयो। फन्डामेन्टल र टेक्निकल दुवैको संकेत राम्रो नदेखिएपछि बजार लगातार घट्दो अवस्थामा गएको बिश्लेषण गरिएको छ।

शुरुवातदेखि नै दबावमा रहेको बजार बीच बीचमा केही फर्कने प्रयास गरेको भए पनि उक्त प्रयास बिफल देखियो। हेरक सपोर्ट लेभल भाँच्दै बजार ओरालो लाग्ने क्रम नरोकिएपछि आइतबार लगानीकर्ता थप अत्तालिंदा बजार फराकिलो अंकले घटेको बताइएको छ। “सपोर्ट लेभलहरु भांचिदै गएपछि प्रबिधिक बिश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताले अत्तालिएर बिक्री आदेश बढाइदिँदा आइतबार शेयर बजार फराकिलो अंकले घटेको हो”  लगानीकर्ता नयन बाँस्तोलाले मेरो लगानीसँग भने।

गत सातादेखि नै बजारले राम्रो संकेत गरिरहेको थिएन। यसअघि बजारमा प्रबिधिक बिश्लेषण गर्नेहरुले २७७० अंकलाई सपोर्ट जोन मानेर कारोबार गरिरहेका थिए। तर उक्त सपोर्ट लेभल भाँचिएर बजार ओरालो लाग्दा समेत उनीहरु खासै अत्तालिएका थिएनन्। किनकि अर्को सपोर्ट लेभलमा बजार रोकिने आशा उनीहरुको थियो। बजार तल ओर्लदै गर्दा सूचकले २६७० देखि २६२६ सम्मको सपाेर्ट पाएर बजार बढ्छ भन्ने अपेक्षा उनीहरुको थियो। तर त्यो सपोर्ट लेभल पनि भाँचिएर बजार तल झर्न थालेपछि थप लगानीकर्ता अत्तालिए। अहिले बजारले अर्को सपोर्ट लेभल टेष्ट गरिरहेको छ। जब बजारले एक पछि अर्को सपोर्ट लेभलललाई सजिलै भाँचेर ओरालो यात्रा सुरु गर्यो तबदेखि लगानीकर्ताहरुले धैर्यता गुमाउँदै गएका छन्। आइतबारको बजारले अर्को सपोर्ट लेभल टेष्ट गर्यो। जुन लेभल भनेको २५१० देखि २४ सय ८० सम्मको लेभल हो। यसलाई पनि भाँच्ने डर लगानीकर्तामा देखिएको छ। जसले गर्दा बजारमा प्रेसर परेको बाँस्तोलाको भनाई छ।

शेयर ऋण सम्बन्धि नयाँ फाइल अघि बढेका छैनन्

प्रविधिकतर्फ सपोर्ट लेभल भाँचिदै गएको भनिरहँदा फन्डामेन्टलतर्फ बजारमा ४/१२ को ऋण समयोजनमा आएको समस्याले बजारलाई प्रभावित पार्दै लगेको बताइएको छ।

शेयर बजारका लगानीकर्ताले मार्जिन ऋण पाउन छाडेका छन्। बैंक बित्तीय संस्थामा सिडि रेसियाे टाइट हुँदै गएपछि लगानीकर्ताले शेयर ऋण पाउन छाडेका हुन्।

शेयर ऋण सम्बन्धी नयाँ पाइल अघि बढेका छैनन् भने पुरानाले समेत समस्या झेल्नु परिरहेको छ। बैंकहरुले लगानी योग्य रकम नभएको भन्दै लगानीकर्ताका शेयर ऋण सम्बन्धि फाइल अघि बढाउ नसकिएको जबाफ दिन थालेका छन्। पुरानालाई समेत ऋण समायोजा गर्न सकस परिरहेको लगानीकर्ता बच्चुराम रिमाल बताउछन्। “यतिबेला बैंकहरुले शेयर ऋणका नयाँ फाइल अघि बढाउन छोडेका छन्। किन फाइल अघि नबढेको भनेर सोध्दा लगानी योग्य रकमको अभाव भएको जबाफ पाइने गरेको छ। यति सम्मकी पुराना ऋणिलाई समेत ऋण समायोजन गर्न सकस परिरहेको अबस्था छ” रिमालले मेरो लगानीसँग भने।

रिमालका अनुसार ४/१२ को ऋणको सिमाले त अझै धेरै लगानीकर्तालाई प्यानीक बनाउँदै लगेको छ। पहिलेदेखि नै निर्वाध रुपमा ऋण चलाउँदै आएका लगानीकर्ताले एकै पटक चार करोडको सिमा भित्र बाँधिनु पर्ने अवस्था छ। धेरै वर्षदेखि एउटै बैंकसँग कारोबार गरिरहेका लगानीकर्तालाई बैंकले सीमा भन्दा माथि भएको ऋण समायोजन गर्न भनिरहेको छ। उसले चार करोडमा झार्न ताकेता गरिरहेको छ। उसको ताकेता अनुसार ऋण समायोज गर्नै पर्ने बाध्यतामा लगानीकर्ता छन्। केहिले बढी भएको ऋण अर्को बैंकमा सार्न खोजिरहेका छन्। तर अरु बैंकसँग कारोबार नगरिएको र अर्को तर्फ उनीहरुसँग नयाँ ऋण दिने रकम समेत नभएको भन्ने जवाफ पाउदा के गर्ने, के नगर्ने द्विविधामा बीच लगानीकर्ता च्यापिएका छन्।

यहि द्विविधाका बीचमा केही लगानीकर्ताले चार करोड भन्दा बढी भएको ऋण समायोजन गर्नकै लागि शेयर बिक्री गर्न बाध्य हुनु परिरहेको छ भने लगानी गर्ने क्षमता भएर पनि अर्को बैंकले थप ऋण नपत्याइदिँदा उनीहरु थप लगानी गर्ने स्थितिमा समेत छैनन्। यदि लगानीकर्ता एउटै बैंकबाट १२ करोड ऋण चलाउन पाएको भए अहिले दोस्रो बजार यति धेरै प्यानिक पनि हुने थिएन। चार करोडको सिमाले नै गर्दा लगानीकर्ताको प्यानीक सेल बढी आउदा बजारमा दबाव बढ्दै गएको हो।

यसैपनि बैंकसँग लगानीयोग्य रकम अभाव भएको मार चौतर्फी रुपमा देखिन थालेको छ। त्यसमा पनि शेयर बजारमा यसको प्रभाव अझै धेरै परिरहेको छ। किनकि दोस्रो बजारमा सूचिकृत शेयरको १० प्रतिशतको हाराहारीमा मात्रै किनबेच हुन्छ। किनबेच हुने १० प्रतिशतकै हाराहारीमा मार्जिन ऋण बजारमा आउने गर्छ। ऋणबाटै आउने पैसा बजारमा बढी परिचालित हुने गर्छ। अझै ऋणबाट आउने रकम ठूला लगानीकर्ताको बढी हुने गर्छ। औसत शेयर कारोबारीमा जोखिम उठाउने क्षमता र ऋण लगानी दुबै बढी हुने गर्छ। जोखिम उठाउने र लगानी क्षमता भएका लगानीकर्ता नै थप लगानी गर्ने स्थितिमा नभएपछि बजार समेत सुस्ताउँदै गएको बताइएको छ।

“लगानीकर्ताले यसअघि लगानी गरेको रकम नै अस्ति भन्दा हिजो र हिजो भन्दा आज कम हुँदै गएपछि उनीहरुले शेयर बिक्री गर्न पनि चाहिरहेका छैनन्। जुन कुरा भोल्युम ड्राइ हुँदै गएको छ। त्यसले लगानीकर्ताले सेल कम दिएको र खरिदकर्ताले पनि थप पूँजी बजारमा परिचालन गर्न नसकेको हो नै भन्ने जनाउ दिन्छ” रिमालले भने।

नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुको सिडि रेसियो ९०.८८ प्रतिशत छ। जबकि उनीहरुको यस्तो रेसियो ९० मात्रै हुनु पर्ने केन्द्रीय बैंकको निर्देशन छ। सिडि रेसियो टाइट भएकै कारण बैंकहरुले थप ऋण दिन नसकेका हुन्। उता बैंक वित्तीय संस्थाबाट एक करोड भन्दा बढी ऋण लिने १६ सय ५४ जना छन्। उनीहरुले मार्जिन प्रबृतिको कर्जा ८४ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी चलाएको राष्ट्र बैंकले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।