‘बुल’ वा ‘वियरिस’ जे भएपनि हिमालयन र इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई ‘हर्ष न बिस्मात’

Dec 05, 2021 05:09 PM Merolagani

नेप्से नेप्से ‘बुल’ वा ‘वियरिस’जे भएपनि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई ‘हर्ष न बिस्मात’ जस्तै भएको छ । मर्जरमा जान लागेका ती दुई बैंकको कारोबार जेठदेखि नै रोकिएको छ ।

कारोबार रोकिएपछि नेप्सेमा एक पटक ‘बुल’ आएको थियो । भदौं २ गते नेप्सेले नयाँ उचाइ चुमेको थियो । त्यसदिन नेप्से ३१९८ अंक पुगेको थियो । त्यसबेला लगानीकर्ताले अन्य सूचीकृत कम्पनीको शेयर बिक्री गरेर उलेख्य नाफा हात पारेका थिए । अहिले पुनः नेप्से ‘वियरिस’ त नभनाैं तर घट्दाे  ट्रेनमा छ । आज आइतबार पनि नेप्से ७२.३० अंकले घटेर २५१३.८८ अंकमा आइपुगेको छ ।

कारोबार रोक्का भएका कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर भएका लगानीकर्ताले नेप्से नयाँ उचाइमा पुगेको बेला न शेयर बिक्री गर्न पाए न त अहिले घट्दाे ट्रेनमा रहेको समयमा नै खरिदबिक्री गर्न पाएका छन् ।

हिमालयन र इन्भेष्टमेन्ट बैंक मात्रै होइनन् । अन्य बैंक तथा वित्तीय संस्था पनि मर्जरमा गएका बेला यसरी नै कारोबार रोक्का भएका थिए । कतिपय कम्पनीहरु लामो समय मर्जरप्रक्रिया नै नटुंगिएका कारण करिव १ वर्ष नै शेयर कारोबार रोक्का भएका उदाहरणहरु धेरै छन् ।

शेयर लगानीकर्ताले मर्जरमा जाने कम्पनीको शेयर खरिद गर्न नहुने रहेछ भन्ने गतिलो शिक्षा पाएका छन् । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले मर्जर प्रक्रिया सुरु भएको करिव ७ महिना भएको छ । यसबीचमा लगानीकर्ताले उक्त दुबै बैंकको शेयर न खरिद गर्न सकेका छन् न त बिक्री नै गर्न सकेका छन् ।

राष्ट्र बैंकले पनि मर्जरमा जानका लागि दुई बैंकलाई दबाब दिएपनि मर्जरमा जान सकिरहेका छैनन् । दुई बैंकमध्ये एक बैंक मर्जरमा नजाने निष्कर्ष पुगेको स्रोतको दावी छ ।

राष्ट्र बैंकले मर्जरका लागि दिएको समयअवधि पनि आज (आइतबार) सकिएको छ । तर, ती दुवै बैंकले मर्जका लागि थप समय माग्दै राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंकले ती दुई बैंकलाई समय थप दिने कि नदिने भन्ने सम्बन्धमा अहिले छलफल गरिरहेको स्रोतको दावी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।