यस्तो छ वाणिज्य बैंकहरुको ५ वर्षे लाभांश इतिहास

Dec 05, 2021 08:03 PM Merolagani



वाणिज्य बैंकहरुमध्ये २३ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। अझै ४ वटा वाणिज्य बैंककाे लाभांश घोषणा हुन बाँकी छ।

लाभांश घोषणा गर्ने बैंकहरुको तथ्याँक हेर्दा तीमध्ये धेरै बैंकहरुले गत वर्षको तुलनामा लाभांश दर बढाएका छन्। लाभांश घोषणा गर्ने २३ वाणिज्य बैंकमा ११ वाणिज्य बैंकले लाभांश दर केही बढाएका छन भने १० बैंकले लाभांश दर घटाएका छन्। दुई बैंकले भने गत आर्थिक वर्षको जति नै लाभांश वितरण गर्ने जनाएका छन्।

हालसम्म कृषि विकास बैंक, सेञ्चुरी कमर्शियल बैंक, सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेका छैनन्। लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। यस्तै नेपाल एसविआई बैंकले सबैभन्दा थोरै ५ प्रतिशत लाभांश घोषणा गरेको छ।

लाभांश घोषणा गर्ने बैंकहरुमध्ये ११ बैंकले बुकक्लोज समेत गरिसकेका छन भने अझै बाँकी १२ बैंकको शेयर खरिद गर्दा बैंकहरुले वितरण गर्ने लाभांश पाइने छ।

  • कस्ता छ बैंकहरुको लाभांश इतिहास?

पाँच वर्षको लाभांश हेर्दा पछिल्ला वर्षहरुमा वाणिज्य बैंकहरुले वितरण गर्ने लाभांश दर केहि घटेको देखिन्छ।

आर्थिक वर्ष २०७२/७३ मा बैंकहरुले औसतमा २६ प्रतिशत लाभांश वितरण गरेकोमा आर्थिक वर्ष २०७३/७४ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १८ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ मा औसतमा १३ प्रतिशत लाभांश वितरण गरेका थिए। यसले पछिल्लो वर्षहरुमा कतिपय बैंकको लाभांश दर घट्दै गएको देखिन्छ।

 




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।