टिभएस रेडर प्रस्तुत गर्दछ सप्तरंग ३

Dec 08, 2021 05:07 PM Merolagani



सातै प्रदेशमा 'टिभिएस रेडर - सप्तरंग–३’ हुने आयोजना हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टिभिएस रेडर - सप्तरंग–३’ हुने जानकारी गराएको थियो। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने जनाइएकाे छ ।

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरंग’ को मूल आशय भएकाे बताइएकाे छ । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिरदेखी काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुने छ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी भएका छन्।

नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाईलाई प्रष्टाएको आयोजकले बताउँछन् ।

दोश्रो संस्करणको सफल आबध्द पश्चात यो पटक फेरी मुख्य प्रायोजकको रुपमा टिभिएस आबद्ध भएको छ। यो पटक टिभिएसले आफ्नो नयाँ बाईक टिभिएस रेडर साथ लिएर प्रचार अगाडी बढाउने भएको छ। केहि साता अगाडी मात्र नेपाली बजारमा लन्च गरिएको टिभिएस रेडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिक-अपले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको छ र सातै प्रदेशमा सप्तरंग संग आबद्ध भै सातै प्रदेशमा भब्य लन्च गरिने भएको छ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।