पुस लागेसँगै सुनचाँदीको भाउ बढ्यो, तोलाको कति?

Dec 16, 2021 12:05 PM Merolagani



पुस महिनाको पहिलाे दिन सुनचाँदीको भाउ वृद्धि भएको छ। बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो।

यस दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ। अघिल्लो कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको थियो।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ। आज चाँदी तोलामा नै २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ। बुधबार भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच भएको थियो।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।