तारागाउँ रिजेन्सी होटलको कम्पनी विश्लेषण

Dec 18, 2021 04:47 PM Merolagani



यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका कम्पनीहरुमध्येको एक हो, तारागाउँ रिजेन्सी होटल (TRH)।

यस साता तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य १ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३६१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको यस होटलको शेयर, यस साता बढेर ३६२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

यस अनुसार यस साता होटलको शेयरमूल्य बढेमा ४०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ३२० रुपैयाँमा टेवा पाउने देखिन्छ।

कम्पनीको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले होटलको शेयरमूल्य करेक्सन मोडमा रहेको छ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले ड्रयागनफ्लाइ डोजी आकृती बनाएको छ। यो एक यस्तो मैनबत्ती हो जसले सम्भावित रिभर्सलको संकेत गर्दछ। कुनै पनि स्टकको उच्च, खुला र बन्द मूल्य बन्दा यस्तो मैनबत्ती बन्दछ। यसको लामो छायाँले सो दिन आक्रामक बिक्री भएको तर अन्तिम समयमा मूल्य पुनः खुला मूल्यमा पुगेर बन्द भएको देखाउँछ।

यस साता कम्पनीको शेयरमूल्य बढेपनि भोल्यूम भने घटेको छ। यस साता दैनिक औषतमा ४ हजार ४९३ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ९ हजार ६२ कित्ता रहेको छ। होटलको २० दिने दैनिक औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५०.४२ प्रतिशत कम हो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हाेटलले ४ करोड ५५ लाख ४१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ७ करोड ८९ लाख ८१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १ लाख रुपैयाँबाट बढेर ५ करोड ३५ लाख ११ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, होटलको कुल आम्दानी ४९ लाख ९ हजार रुपैयाँबाट बढेर ६ करोड २६ लाख ८६ हजार पुगेको छ। १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा १९ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको बुकभ्यालु ११० रुपैयाँ ५० पैसा रहेको छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको प्राइस टु बुकभ्यालु ३.२८ गुणा रहेको छ।

त्यसैगरी, सो दिन होटलको १४ दिने आरएसआई ४५.७० स्केलमा रहेको छ। यो न्यूट्रल जोन हो। न्यूट्रल जोनमा रहेको यस आरएसआईले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा होटलको शेयरमूल्य बियरिश देखिएको छ।

हाल नेप्सेमा होटलको १ करोड ८८ लाख ६६ हजार ५४० कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा होटलको कुल बजार पूँजीकरण ६ अर्ब ८४ करोड ६६ लाख ६७ हजार ३६६ रुपैयाँ रहेको छ।

होटलको १८० दिने औषत मूल्य ३९० रुपैयाँ ७९ पैसा रहेको छ। त्यसैगरी, होटलको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४६८ रुपैयाँ रहेको छ भने न्यून मूल्य २७५ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरका होटलको मूल्य अहिले फियर जोनमा छ। यद्यपि, गत साताको तुलनामा भने यो केही माथि उक्लिएको छ। होटलको मूल्य विस्तारै न्यूट्रल जोनतर्फ जाँदै गरेको संकेत गइरहेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।