गुडविल फाइनान्स कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Jan 01, 2022 08:16 PM Merolagani

गुडविल फाइनान्स कम्पनी लिमिटेड (GFCL) ले ९.१० प्रतिशत बोनस शेयर र ३.९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ।

सो प्रयोजनार्थ फाइनान्सले पुस १६ गते बुकक्लोज गरेको थियो। यससँगै सो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुडविल फाइनान्सको शेयरमूल्य समायोजन भएको छ।

समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ५३३ रुपैयाँ ४६ पैसा कायम भएको छ। यस अनुसार आगामी साता फाइनान्सको शेयरमूल्य उकालो लागेमा ६५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, फाइनान्सको शेयरमूल्य ओरालो लागेमा ४५० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता फाइनान्सको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले फाइनान्सको मूल्य करेक्सन फेजमा रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्यले छोटो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन फाइनान्सको शेयरमूल्य घटेपनि अन्तिम समयमा भने केही उकालो लागेको संकेत गर्दछ।

यस साता फाइनान्सको भोल्यूम बढेको छ। यस साता फाइनान्सको शेयर दैनिक औषतमा २५ हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको छ। फाइनान्सको २० दिने औषत भोल्युम २५ हजार ८ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्यूम १.९९ प्रतिशत बढी हो।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उल्लेख्य नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले दुई करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानी र नेट फि कमिसनमा उल्लेय वृद्धि हुँदा फाइनान्सको नाफामा बढोत्तरी भएको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३०.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३७.८९ प्रतिशत बढेको छ। फाइनान्सको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १३१२.८० प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा फाइनान्सको वितरण योग्य १२ करोड ९२ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा फाइनान्सको जगेडा कोष ४.५४ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको निक्षेप १.९७ प्रतिशत बढेको छ भने कर्जा ४.५० प्रतिशत बढेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी बढेको देखिन्छ। समीक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५८ पैसाबाट बढेर ३२ रुपैयाँ ८४ लाख रुपैयाँ कायम भएको छ। त्यसैगरी, फाइनान्सको बुकभ्यालु २२५ रुपैयाँ ७ पैसा रहेको छ।

साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको मूल्य आम्दानी अनुपात १९.३४ गुणा रहेको छ। त्यसैगरी, फाइनान्सको प्रतिशेयर बुकभ्यालु २.५९ गुणा रहेको छ।

साताको अन्तिम कारोबार दिन फाइनान्सको १४ दिने आरएसआई ३९.८० स्केलमा रहेको छ। यो न्यूट्रल जोन हो। यस जोनमा रहेको आरएसआईले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणमा फाइनान्सको शेयर बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा ९४ लाख ६१ हजार १५२ कित्ता सूचीकृत छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयर प्रतिकित्ता ५८२ रुपैयाँ (असमायोजित मूल्य) मा अन्तिम कारोबार भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ५ अर्ब ५० लाख ६३ हजार ९० हजार ४६४ रुपैयाँ रहेको छ।

फाइनान्सको १८० दिने औषत मूल्य ७३८ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च मूल्य १ हजार १० रुपैयाँ रहेको छ भने न्यून मूल्य १८६ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा फाइनान्सको शेयर फियर जोनमा रहेको छ। गत साताभन्दा तल झरेर एक्सट्रीम फियर जोनतर्फ झरिरहेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।