आँधिखोला लघुवित्तको शेयरमूल्य समायोजन

Jan 02, 2022 10:11 AM Merolagani



पुस १८ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आँधिखोला लघुवित्त वित्तीय संस्था (AKBSL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको १९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ३९० रुपैयाँ ७६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ४६५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आज यही मूल्यलाई आधार मानेर लघुवित्तको दोस्रो बजारमा कारोबार खुल्नेछ।

लघुवित्तले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश पारित गर्न पुस ३० गते, होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा पाँचौँ वार्षिक साधारण सभा डाकेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।