गत वर्षको तुलनामा अधिकांश विकास बैंक र फाइनान्सको लाभांश दर बढ्यो

Jan 03, 2022 08:02 AM Merolagani

यस वर्ष लाभांश घोषणा गर्ने अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले गत वर्षको तुलनामा बढाएर लाभांश प्रस्ताव गरेका छन्।

गत आर्थिक वर्षमा कोरोनाको माहामारी कायमै रहेको भए पनि कम्पनाीहरुको अन्य स्रोतबाट हुने आम्दानी बढ्दा उनीहरुको लाभांश क्षमता बढेको छ।

यस वर्ष शेयर बजार बढ्दा पनि कतिपय कम्पनीले शेयरबजारमा लगानी गरेर समेत राम्रो आम्दानी गरेका छन्। यसै कारण उनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश दर समेत बढेको छ।

  • १० फाइनान्सले लाभांश घोषण गर्दा मञ्जुश्रीको लाभांशदर सबैभन्दा धेरै बढ्यो

गत आर्थिक वर्षको कमाइबाट १० वटा फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षमा ८ वटा मात्रै फाइनान्स कम्पनीले शेयरधनीलाई लाभांश वितरण गरेकोमा यस वर्ष मल्टिपर्पस फाइनान्स र प्रोग्रेशिभ फाइनान्स थपिएका छन्।

फाइनान्स कम्पनीहरुमध्ये गत वर्षको कमाइबाट मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ। उसले शेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको गत वर्षको तुलनामा लाभांशको बृद्धिदर पनि सबैभन्दा धेरै छ। गत आर्थिक वर्षमा २३.५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जुन झण्डै शतप्रतिशतले धेरै हो।

यसैगरी, रिलायन्स फाइनान्सले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। उसले गत वर्ष १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। आइसिएफसी फाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। आइसिएफसी फाइनान्सको भने गत वर्षको तुलनामा लाभांश दर १ प्रतिशत विन्दुले घटेको छ।

यसैगरी, मल्टिपर्पस फाइनान्सले १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ भने गुडविल फाइनान्सले १३ प्रतिशत, श्री इन्भेष्टमेन्ट र सेन्ट्रल फाइनान्सले ११ प्रतिशत, गुह्वेश्वरी फाइनान्सले १०.५२ प्रतिशत, पोखरा फाइनान्सले ८.५ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सले सबैभन्दा कम ७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

  •  ८ विकास बैंकले लाभांश घोषणा गर्दा, महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै

नेप्सेमा सूचीकृत विकास बैंकहरुमध्ये ८ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने बैंकहरुमा महालक्ष्मी विकास बैंककाे सबैभन्दा धेरै रहेकाे छ। उसले शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यो गत वर्षका तुलनामा शतप्रतिशतभन्दा धेरै हो। गत वर्ष बैंकले शेयरधनीहरुलाई ९.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

यसैगरी, कामना सेवा विकास बैंकले पनि १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत वर्ष बैंकले ४.६३ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो।

मुक्तिनाथ विकास बैंकले १८.५ प्रतिशत लाभांश घोषणा गरेको छ भने ज्योति विकास बैंकले १५.५ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत, लुम्बिनी विकास बैंकले १३.६८ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ११.५ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

यस वर्ष मितेरी विकास बैंकर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दर सामान्य घटाएका छन् भने अन्य सबै बैंकले लाभांश दर बढाएका छन्।

गत आर्थिक वर्षमा १२ वटा विकास बैंकले लाभांश वितरण गरेको थिए। यस वर्ष हालसम्म ८ बैंकले मात्रै लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।