दुई कम्पनीको शेयरमूल्य समायोजन

Jan 04, 2022 08:06 AM Merolagani



पुस २० गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिभिल बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले सिभिल बैंकको ५ प्रतिशत र रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सिभिल बैंकको शेयरमूल्य प्रतिकित्ता २४५ रुपैयाँ ७१ पैसा र रिलायन्स फाइनान्सको ४५२ रुपैयाँ १७ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा सिभिल बैंकको शेयर प्रतिकित्ता २५८ रुपैयाँ र रिलयान्स फाइनान्सको ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

सिभिल बैंक (CBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ। यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

त्यसैगरी, रिलायन्स फाइनान्स (RLFL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस ३० गते, आफ्नो केन्द्रिय कार्यालय, प्रर्दशनीमार्गमा बिहान ११ बजे बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले लाभांश प्रस्तावका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित पनि गर्नेछ।

मंगलबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।