नाडेप लघुवित्तले डाक्यो साधारण सभा, लाभांश सहित यी प्रस्ताव पारित हुँदै

Jan 05, 2022 09:46 AM Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले माघ १४ गते, नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा सातौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे अनलाइन मार्फत सञ्चालन हुने लघुवित्तले जनाएको छ।

सभाले चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशतका दरले बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, डिप्रोक्स लघुवित्तले नाडेपलाई एक्वायर गर्ने सम्बन्धमा भएको सैद्धान्तिक सहमति बदर भएकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यद्यपि, हाल लघुवित्तको शेयर कारोबार भने रोक्का रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।