नाडेप लघुवित्तले डाक्यो साधारण सभा, लाभांश सहित यी प्रस्ताव पारित हुँदै

Jan 05, 2022 09:46 AM Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

लघुवित्तले माघ १४ गते, नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा सातौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे अनलाइन मार्फत सञ्चालन हुने लघुवित्तले जनाएको छ।

सभाले चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशतका दरले बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, डिप्रोक्स लघुवित्तले नाडेपलाई एक्वायर गर्ने सम्बन्धमा भएको सैद्धान्तिक सहमति बदर भएकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १६ गते बुकक्लोज गर्ने भएको छ। यद्यपि, हाल लघुवित्तको शेयर कारोबार भने रोक्का रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।