जीवन बीमा कम्पनीहरुको पनि नगद लाभांश रोक्ने बीमा समितिको तयारी

Jan 11, 2022 01:06 PM Merolagani



बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न नदिने भएको छ ।निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश वितरण नगर्न निर्देशन दिएको समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न राेक लगाउने भएकाे हाे ।

जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको तयारी गरिरहेकाले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न रोक लगाउने तयारी भइरहेको बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले मेरोलगानीलाई जानकारी गराए ।

‘कम्पनीको पूँजी कम भयो, पूँजी बढानको लागि नगद लाभांश वितरण नगरी बोनस शेयर वितरणमा जोड दिन आग्रह गरेका छौं,’ उनले भने, ‘जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश रोक्न सर्कुलर जारी गर्ने तयारी गरिरहेका छौं ।’

रिक्स बेसमा जानु पर्ने भएकोले पनि नगद लाभांशलाई रोकेर बोनस वितरणमा जोड दिएको उनको भनाई छ ।

समितिले सोमबार मात्रै निर्जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको थियो ।

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।