जीवन बीमा कम्पनीहरुको पनि नगद लाभांश रोक्ने बीमा समितिको तयारी

Jan 11, 2022 01:06 PM Merolagani



बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न नदिने भएको छ ।निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश वितरण नगर्न निर्देशन दिएको समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न राेक लगाउने भएकाे हाे ।

जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको तयारी गरिरहेकाले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न रोक लगाउने तयारी भइरहेको बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले मेरोलगानीलाई जानकारी गराए ।

‘कम्पनीको पूँजी कम भयो, पूँजी बढानको लागि नगद लाभांश वितरण नगरी बोनस शेयर वितरणमा जोड दिन आग्रह गरेका छौं,’ उनले भने, ‘जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश रोक्न सर्कुलर जारी गर्ने तयारी गरिरहेका छौं ।’

रिक्स बेसमा जानु पर्ने भएकोले पनि नगद लाभांशलाई रोकेर बोनस वितरणमा जोड दिएको उनको भनाई छ ।

समितिले सोमबार मात्रै निर्जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको थियो ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।