वर्ल्डलिङ्कको फ्रि हट्सपटमा खल्तीका ग्राहकलाई १०० जीबी इन्टरनेट

Jan 12, 2022 12:08 PM Merolagani



अब खल्तीका प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि हट्सपटमा १०० जीबी इन्टरनेट प्राप्त गर्ने भएका छन् । वर्ल्डलिंकले फेसबुक एक्सप्रेस वाई–फाईको सहकार्यमा देशका १४ हजार स्थानमा निःशुल्क वाई–फाई उपलब्ध गराउँदै आएको छ ।

उक्त स्थानमा सामान्य ग्राहकले ५०० एमबी मात्रै निःशुल्क डेटा प्राप्त गर्छन् । यस्तोमा खल्तीका ग्राहकको हकमा भने १०० जीबी इन्टरनेट उपलब्ध हुने खल्तीका सह–संस्थापक अमित अग्रवाल बताउँछन् ।

उनका अनुसार वर्ल्डलिंकले ल्याएको फेसबुक एक्सप्रेसलाई खल्तीमा इन्ट्रिगेसन गरेर यो सर्भिस उपलब्ध गराइएको हो । यो हुँदा ग्राहकले एक महिनासम्म १०० जीबी इन्टरनेटको मज्जा लिन पाउनेछन् ।

ग्राहकलाई नयाँ नयाँ इनोभेसनमार्फत जोड्ने योजनाका साथ यसको सुरुवात गरिएको हो । ‘हामी विगत पाँच वर्षसम्म बैंकमा जोडिने विषयमा धेरै केन्द्रित हुनुप¥यो, ‘अग्रवालले भने, ‘अब भने नयाँ इनोभेसन ग्राहकमाझ पस्किनु पर्नेछ । त्यसको सुरुवात फेसबुक एक्स्प्रेसबाट भएको छ ।’

विस्तारै यही सेवालाई पनि थप परिमार्जन गरेर ग्राहकलाई नयाँ नयाँ सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए । हाल उपलब्ध गराइएको यो सर्भिसका लागि भने वर्ल्डलिंकमा दर्ता भएको नम्बर र खल्तीमा दर्ता भएको नम्बर एकै हुनपर्ने जनाइएको छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।