वर्ल्डलिङ्कको फ्रि हट्सपटमा खल्तीका ग्राहकलाई १०० जीबी इन्टरनेट

Jan 12, 2022 12:08 PM Merolagani



अब खल्तीका प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि हट्सपटमा १०० जीबी इन्टरनेट प्राप्त गर्ने भएका छन् । वर्ल्डलिंकले फेसबुक एक्सप्रेस वाई–फाईको सहकार्यमा देशका १४ हजार स्थानमा निःशुल्क वाई–फाई उपलब्ध गराउँदै आएको छ ।

उक्त स्थानमा सामान्य ग्राहकले ५०० एमबी मात्रै निःशुल्क डेटा प्राप्त गर्छन् । यस्तोमा खल्तीका ग्राहकको हकमा भने १०० जीबी इन्टरनेट उपलब्ध हुने खल्तीका सह–संस्थापक अमित अग्रवाल बताउँछन् ।

उनका अनुसार वर्ल्डलिंकले ल्याएको फेसबुक एक्सप्रेसलाई खल्तीमा इन्ट्रिगेसन गरेर यो सर्भिस उपलब्ध गराइएको हो । यो हुँदा ग्राहकले एक महिनासम्म १०० जीबी इन्टरनेटको मज्जा लिन पाउनेछन् ।

ग्राहकलाई नयाँ नयाँ इनोभेसनमार्फत जोड्ने योजनाका साथ यसको सुरुवात गरिएको हो । ‘हामी विगत पाँच वर्षसम्म बैंकमा जोडिने विषयमा धेरै केन्द्रित हुनुप¥यो, ‘अग्रवालले भने, ‘अब भने नयाँ इनोभेसन ग्राहकमाझ पस्किनु पर्नेछ । त्यसको सुरुवात फेसबुक एक्स्प्रेसबाट भएको छ ।’

विस्तारै यही सेवालाई पनि थप परिमार्जन गरेर ग्राहकलाई नयाँ नयाँ सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए । हाल उपलब्ध गराइएको यो सर्भिसका लागि भने वर्ल्डलिंकमा दर्ता भएको नम्बर र खल्तीमा दर्ता भएको नम्बर एकै हुनपर्ने जनाइएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।