लाभांश प्रस्ताव पारित गर्न एशियन लाइफले डाक्यो साधारण सभा

Jan 13, 2022 08:43 AM Merolagani



गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले साधारण सभा डाकेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न इन्स्योरेन्सले माघ २१ गते, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले इन्स्योरेन्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबात स्वीकृती लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।