जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण नगर्न बीमा समितिको निर्देशन

Jan 13, 2022 11:50 AM Merolagani



बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।

जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीकमलाई आईपर्न सक्ने थप जोखिमको बहन गर्न पूँजी कोषलाई सबल बनाउन अर्को व्यवस्था नहुन्जेलको लागि नगद लाभांश वितरण गर्न निर्देशन दिएको हो । यद्यपी बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि लाग्ने नगद लाभांश भने वितरण गर्न पाउनेछन् ।

पछिल्लो समय बीमा समितिले पूँजी बढाउने तयारी समेत गरिरकेका छन् । त्यसको तयारी स्वारुपमा पनि समितिले नगद लाभांश वितरणमा कडाई गरेर बोनस शेयर वितरणमा जोड दिएको हो ।

समितिले निर्जीवन बीमा कम्पनीहरुले यस अघिनै नगद लाभांश वितरण नगर्न निर्देशन दिइसकेको छ ।

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।