नेपाल क्लियरिङ्ग हाउसको दशौँ वार्षिक साधारण सभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

Jan 13, 2022 11:50 AM Merolagani



नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आ.व. २०७७÷७८ को दशौँैँवार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभाले कम्पनीको चुक्ता पूँजी ४१.१ करोडको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। उक्त बोनश वितरण गरी चुक्ता पूँजी ५६.७६ करोड पु¥याउने र अधिकृत पुँजी १ अर्ब पु¥याउने निर्णय गरेको छ। साथै बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले पूँजीवृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने,थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनुका साथै नेशनल पेमेन्ट स्वीचअन्र्तगतको हालकार्यान्वयनमा रहेको पूर्वाधार स्थापना गर्न उक्त पूँजी प्रयोग गर्नेछ ।

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्क अत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९ को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७÷७८ मा कम्पनीको खुदनाफा ३८%ले बृद्धि भएको छ । त्यसै गरी कम्पनीले कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१% बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २% ले मात्र बृद्धि भएकोछ ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट एक जना, वाणिज्य बैंककातर्फबाट तीनजना, विकास बैंककातर्फबाट एक जना र फाइनान्स कम्पनीकातर्फ बाट एक जना गरी हाल ६ जना प्रतिनिधिहरु रहेका छन् ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।