हिमालयन क्यापिटलले “अल्फा र सिग्मा” नामक लगानी व्यवस्थापन योजना सार्वजनिक गर्यो

Jan 13, 2022 12:53 PM Merolagani



हिमालयन क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारको नविन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन “अल्फा” र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन “सिग्मा” नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको छ ।

हिमालयन “अल्फा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसंग तुलना गरिने छ भने हिमालयन “सिग्मा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले शुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ ।

सिर्जित प्रतिफलको बार्षिक मुल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवाशुल्क लाग्नेछ ।

हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवाशुल्क बुझाउनु नपर्ने हिमालयन क्यापिटलले जनाएको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।