हिमालयन क्यापिटलले “अल्फा र सिग्मा” नामक लगानी व्यवस्थापन योजना सार्वजनिक गर्यो

Jan 13, 2022 12:53 PM Merolagani



हिमालयन क्यापिटल लिमिटेडले नेपालको पूँजी बजारको नविन अभ्यासका रुपमा ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन “अल्फा” र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुन सक्ने प्रतिफलमा आधारित हिमालयन “सिग्मा” नामका लगानी व्यवस्थापन योजनाहरु विकास गरेको छ ।

हिमालयन “अल्फा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसंग तुलना गरिने छ भने हिमालयन “सिग्मा” योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा बार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले शुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसंग तुलना गरिनेछ ।

सिर्जित प्रतिफलको बार्षिक मुल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवाशुल्क लाग्नेछ ।

हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफल भन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवाशुल्क बुझाउनु नपर्ने हिमालयन क्यापिटलले जनाएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।