पाँच महिनामा भित्रियो ३ खर्ब ८८ अर्ब रुपैयाँकाे रेमिट्यान्स, गत वर्षको तुलनामा ६ प्रतिशतले कम

Jan 13, 2022 04:20 PM Merolagani



चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। नेराल राष्ट्र बैंकको मासिक तथ्याँक अनुसार मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हाे।

गत वर्षको तुलनामा भने यस वर्ष रेमिट्यान्स घटेको छ। केन्द्रीय बैंकको अनुसार वार्षिक रुपमा तुलना गर्दा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको हो। चालु आर्थिक वर्षको सुरुवातदेखि नै रेमिट्यान्स घटेको थियो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या बढेर १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले बढेर ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले घटेर ४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।