एक खर्बमा झर्यो बैंक तथा वित्तीय संस्थाको मार्जिन कर्जा,ठूला कर्जा घट्दा साना भने बढ्दै

Jan 13, 2022 05:33 PM Merolagani



बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने मार्जिन कर्जा १ खर्ब रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको अन्तिमसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको मार्जिन कर्जा ५ अर्ब ६५ करोड रुपैयाँले घटेर मंसिरसम्ममा १ खर्ब ६ करोड ३३ लाख रुपैयाँमा झरेको छ।

C7# चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको मार्जिन कर्जा १ खर्ब ८ अर्बसम्म पुगेको थियो। तर केन्द्रिय बैंकले मौद्रिक नीतिमा ४ र १२ करोडको सिमा तोकिदिएपछि ठूला कर्जा निरन्तर घट्दो क्रममा देखिएका छन्।

पाँच महिनामा १ करोड रुपैयाँभन्दा माथिका कर्जा ९ अर्ब ६३ करोड रुपैयाँले झरेको छ भने ५० लाख देखि १ करोड रुपैयाँसम्मको कर्जा १ खर्ब २६ अर्ब रुपैयाँले बढेको छ। यस्तै २५ लाखदेखि ५० लाख सम्ममो मार्जिन कर्जा १ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ भने २५ लाख रुपैयाँभन्दा कम रकमको मार्जिन कर्जा १ खर्ब ३७ अर्ब रुपैयाँले बढेको छ।

यसले पछिल्लाे समय ठूला रकमको कर्जा घट्दै गएको तर साना रकमको कर्जा लगानी भने बढ्दै गएको देखाउँछ।

केन्द्रिय बैंकले मार्जिन कर्जामा सीमा तोकेपछि एउटै बैंकमा ४ करोड रुपैयाँभन्दा धेरै कर्जा लिएका ऋणीले कर्जा घटाउनु पर्ने छ। परिपक्क भएको कर्जा नवीकरण नहुने र आगामी असार मशान्तभित्र तोकिएको सिमामा ल्याइसक्नुपर्ने भएपछि अहिले ठूला कर्जा लिने ऋणीहरु कर्जा सेटल गर्नेतर्फ लागेका छन्। यसले गर्दा ठूला रकमको कर्जा घट्दो क्रममा देखिन्छ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।