भक्तपुर जिल्लामा सिसिटिभी जडान गर्न मेगा बैंकले गर्यो सहयोग

Jan 13, 2022 05:48 PM Merolagani



मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरे ।

सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताए ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।