नेपाल धितोपत्र बोर्डकाे अध्यक्षका लागि १५ जनाको आवेदन, मुक्ति अर्याल पनि दौडमा उत्रिए

Jan 13, 2022 06:04 PM merolagani



नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि १५ जनाको आवेदन परेको छ। आवेदन दिनेहरूमा यस अघि निवेदन दिएका सबै दोहोरिएका छन् भने नयाँ तीन अनुहार परेका छन्।

निवेदन दिनेहरूमा नयाँ अनुहारको रुपमा मुक्ति अर्याल, खगेन्द्र कटुवाल, कृष्णराज पोखरेल छन्। बाँकी रहेकामा सबै पुरानै निवेदक छन्। जसमा  नीरज गिरी, डा. नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवी चापागाई, कृष्ण प्रसाद आचार्य, गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ,जीवन अमगाइ, रमेश हमाल,अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल छन्।

निवेदन दिनेहरू मध्येबाट पहिलो चरणमा छनौट समितिले पाँच जनालाई छान्ने छ। उक्त पाँच जनाको अन्तरवार्ता र प्रस्तुतीकरण पछि समितिले तीन जनाको नाम सिफारिस गर्ने छ। सिफारिस भएका तीन जना मध्ये एकलाई सरकारले अध्यक्षमा नियुक्त गर्ने छ।  

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।