नेपाल धितोपत्र बोर्डकाे अध्यक्षका लागि १५ जनाको आवेदन, मुक्ति अर्याल पनि दौडमा उत्रिए

Jan 13, 2022 06:04 PM merolagani



नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि १५ जनाको आवेदन परेको छ। आवेदन दिनेहरूमा यस अघि निवेदन दिएका सबै दोहोरिएका छन् भने नयाँ तीन अनुहार परेका छन्।

निवेदन दिनेहरूमा नयाँ अनुहारको रुपमा मुक्ति अर्याल, खगेन्द्र कटुवाल, कृष्णराज पोखरेल छन्। बाँकी रहेकामा सबै पुरानै निवेदक छन्। जसमा  नीरज गिरी, डा. नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवी चापागाई, कृष्ण प्रसाद आचार्य, गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ,जीवन अमगाइ, रमेश हमाल,अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल छन्।

निवेदन दिनेहरू मध्येबाट पहिलो चरणमा छनौट समितिले पाँच जनालाई छान्ने छ। उक्त पाँच जनाको अन्तरवार्ता र प्रस्तुतीकरण पछि समितिले तीन जनाको नाम सिफारिस गर्ने छ। सिफारिस भएका तीन जना मध्ये एकलाई सरकारले अध्यक्षमा नियुक्त गर्ने छ।  

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।