प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति?

Jan 14, 2022 11:02 AM Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लगि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।,

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३२८ रुपैयाँ रहेकोमा बोनशपश्चात चुक्ता पूँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँ पुग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।