आइएमएफबाट पौने ४७ अर्ब रुपैयाँ कर्जा स्वीकृति, १३ अर्ब तत्काल पाइने

Jan 14, 2022 02:03 PM MeroLagani



अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । जनवरी १२ मा बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरे अनुसार विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तरगत सो कर्जा उपलब्ध गराउने निर्णय गरेको हो ।

आइएमएफका बोर्ड बैठकले ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको कर्जा स्वीकृति दिएको हो जुन अहिलेको विनिदर दर अनुसार नेपाली रुपैयाँमा ४६ अर्ब ७१ करोड रुपियाँ हुन आउँछ ।

आईएमएफले आफ्ना सदस्य राष्ट्रहरुको लागि एसडीआर सुविधाको कोटा तय गर्ने गरेको छ । नेपालले प्राप्त गर्न लागेको सो ऋण सुविधा कोटाको १८० प्रतिशत हो । स्वीकृत कर्जा रकममध्ये ११ करोड डलर (१२ अर्ब ९८ करोड रुपैयाँ) नेपालले तत्कालै पाउने छ । करिब १३ अर्ब नेपाली रुपैयाँ नेपालले तत्काल पाउने छ । यो एसडीआर कोटाको ५० प्रतिशत हो । यो रकम बजेट फाइनान्सिङ सुविधा अन्तरगत प्राप्त भएको हो । यो सुविधामा पाउने रकम सरकारले आवश्यक ठानेको क्षेत्रमा खर्च गर्न पाउने छ । बाँकी रहेको २८ करोड ५९ लाख अमेरिकी डलर (३३ अर्ब ७३ करोड रुपैयाँ) ३८ महिनाभित्रमा प्रयोग गर्न पाउने छ ।

आइएमएफबाट प्राप्त सहुलियतपूर्ण कर्जालाई नेपालको स्वास्थ्य र आर्थिक गतिविधिमा कोभिड महामारीको असर कम गर्न, जोखिममा परेका समुहहरुलाई संरक्षण गर्न, समष्टिगत आर्थिक क्षेत्रको विकास गर्न र वित्तीय स्थायित्व कायम गर्न तथा गरिबी न्युनीकरणका लागि खर्च गर्न पाउनेछ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।