आइएमएफबाट पौने ४७ अर्ब रुपैयाँ कर्जा स्वीकृति, १३ अर्ब तत्काल पाइने

Jan 14, 2022 02:03 PM MeroLagani



अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । जनवरी १२ मा बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरे अनुसार विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तरगत सो कर्जा उपलब्ध गराउने निर्णय गरेको हो ।

आइएमएफका बोर्ड बैठकले ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको कर्जा स्वीकृति दिएको हो जुन अहिलेको विनिदर दर अनुसार नेपाली रुपैयाँमा ४६ अर्ब ७१ करोड रुपियाँ हुन आउँछ ।

आईएमएफले आफ्ना सदस्य राष्ट्रहरुको लागि एसडीआर सुविधाको कोटा तय गर्ने गरेको छ । नेपालले प्राप्त गर्न लागेको सो ऋण सुविधा कोटाको १८० प्रतिशत हो । स्वीकृत कर्जा रकममध्ये ११ करोड डलर (१२ अर्ब ९८ करोड रुपैयाँ) नेपालले तत्कालै पाउने छ । करिब १३ अर्ब नेपाली रुपैयाँ नेपालले तत्काल पाउने छ । यो एसडीआर कोटाको ५० प्रतिशत हो । यो रकम बजेट फाइनान्सिङ सुविधा अन्तरगत प्राप्त भएको हो । यो सुविधामा पाउने रकम सरकारले आवश्यक ठानेको क्षेत्रमा खर्च गर्न पाउने छ । बाँकी रहेको २८ करोड ५९ लाख अमेरिकी डलर (३३ अर्ब ७३ करोड रुपैयाँ) ३८ महिनाभित्रमा प्रयोग गर्न पाउने छ ।

आइएमएफबाट प्राप्त सहुलियतपूर्ण कर्जालाई नेपालको स्वास्थ्य र आर्थिक गतिविधिमा कोभिड महामारीको असर कम गर्न, जोखिममा परेका समुहहरुलाई संरक्षण गर्न, समष्टिगत आर्थिक क्षेत्रको विकास गर्न र वित्तीय स्थायित्व कायम गर्न तथा गरिबी न्युनीकरणका लागि खर्च गर्न पाउनेछ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।