मर्जर या प्राप्तिकाे लागि सिभिल बैंकले दियाे संचालक समितिलाई पूर्ण अख्तियारी

Jan 14, 2022 03:47 PM merolagani



सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभाले  संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्तापूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७८÷०७९ को लेखा परिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीयसंस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷ हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम,कानूनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

करीव पाँचलाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु,१० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्फत सेवाप्रदान गरिरहेको सिभिल बैंकले ९१अर्व भन्दा बढी निक्षेप परिचालन गरी  ८७अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।