४ महिना यताकै उच्च विन्दुमा नेप्से, कारोबार रकम भने साढे ४ महिना यताको उच्च

Jan 16, 2022 03:26 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६९ अंक अर्थात २.४१ प्रतिशत बढेर २९२६.७४ विन्दुमा पुगेको छ। यससँगै नेप्से ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ।

यस अघि भदौ २९ गते २९२९.२९ विन्दुमा बन्द भएको थियो। सोपश्चात आज पहिलो पटक नेप्सेले सो रेञ्जमा पुगेको हो। नेप्सेले प्रतिरोध विन्दु तोडेर उकालो लागेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन्।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ११.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। यस दिन २२९ कम्पनीको १ लाख १ हजार ५८९ पटकको कारोबारमा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम साढे ४ महिनायताकै उच्च हो। यस अघि गत भदौ २१ गते ९ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटनु, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर, अपर तामाकोशी, शिवम् सिमेन्ट्स, नेपाल इन्फ्रास्ट्रक्चर र एचआईडिसीएलको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन मध्य भोटेकोशीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घट्ने कम्पनीहरुको सूचीको शीर्ष स्थानमा भने बोटलर्स नेपाल (तराई) रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।