नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

Jan 17, 2022 08:26 AM Merolagani



माघ ३ गते सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ८६५ रुपैयाँ ८३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात २०७७ पुस १६ गते लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो दिनपश्चात लघुवित्तको शेयर कारोबार हुन सकेको छैन। मर्जर तथा साधारण सभा प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार रोक्का गरिएको थियो।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न माघ १४ गते, नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा सातौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे अनलाइन मार्फत सञ्चालन हुने लघुवित्तले जनाएको छ।

सभाले चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशतका दरले बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, डिप्रोक्स लघुवित्तले नाडेपलाई एक्वायर गर्ने सम्बन्धमा भएको सैद्धान्तिक सहमति बदर भएकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।