४२ लघुिवत्तले शेयरधनीलाई लाभांश घाेषणा गरे, तीन कम्पनीले लाभांश नै दिएनन्, घोषणा हुन बाँकी ६ लघुवित्तले कति देलान ?

Jan 18, 2022 06:38 PM MeroLagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका ५१ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट ६ लघुवित्त कम्पनीले अझै लाभांश घोषणा गरिसकेका छैनन् । सूचीकृतमध्ये ४२ कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेका छन् भने ३ कम्पनीले लाभांश वितरण नगरिकनै साधारण सभा आह्वान गरेको छ । बाँकी ६ कम्पनीले भने अहिलेसम्म लाभांश घोषणा गरिसकेका छैनन् ।


हालसम्म लाभांश घोषणा हुन बाँकी लघुवित्त कम्पनीहरुमा आरम्भ चौतारी, ग्रामीण विकास, मानुषी, समाज लघुवित्त, जीवन विकास र नयाँ सारथी लघुवित्त वित्तीय संस्थारहेका छन् ।

सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त र नेपाल सेवा लघुवित्तले भने लाभांश घोषणा नगरिकनै साधारण सभा गरिसकेका छन् । नेपाल सेवा लघुवित्तले हालै मात्र विन नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर गरेर विन नेपाल लघुवित्तकै नाममा संयुक्त कारोबार गरिसकेको छ ।

लघुवित्तमध्ये सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले गरेकाे छ । उक्त कम्पनीले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै दोस्रो धेरै लाभांश घोषणा गर्ने लघुवित्तमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त संस्थाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । त्यस्तै फर्वाड माइक्रोफाइनान्सले ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद, स्वाभिमान लघुवित्तले ३२.३ प्रतिशत बोनस र १.७० नगद, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस र १.६३ प्रतिशत नगद, सर्पोट लघुवित्तले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद, उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस एवम् वोमी लघुवित्तले २० प्रतिशत बोनस घोषणा गरेका छन् । उन्नति सहकार्य र वोमीले नगद लाभांश घोषणा गरेको छैनन् । उन्नति सहकार्य र वोमीले मर्जरमा गएका कारण बोनसमा कर तिर्नुपर्दैन । उन्नतिले सहकार्य लघुवित्तसँग मर्जर गरेर उन्नति सहकार्यको नाममा संयुक्त कारोबार भइसकेपछि शेयर किनेका लगानीकर्ताले भने बोनस शेयरमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । वोमी र सुर्योदय लघुवित्त १ बराबर १ को अनुपातमा मर्जरमा गएका हुन् । दुवै कम्पनीको नेप्सेमा कारोबार रोक्का छ ।

सेयर लगानीकर्ताका लागि सबैभन्दा आकर्षक लाभांश दिने कम्पनी माइक्रोफाइनान्स सेक्टरका कम्पनीहरु पनि हुन् । लगानीकर्ता पछिल्लो समय यही कारणले पनि माइक्रोफाइनान्समा आकर्षित भएको पाइन्छ । नेप्सेमा सुचीकृत प्रायः माइक्राेफाइनान्स कम्पनीको शेयर मूल्य १ हजार भन्दा माथि नै छ । पछिल्लो समय आरएसडीसी लघुवित्त र फष्ट माइक्रोफाइनान्सबाहेकका लघुवित्तको शेयर मूल्य अझै पनि १ हजार माथि नै छ । यो मूल्य भनेको वाणिज्य बैंक शेयर मूल्य भन्दा धेरै हो । वाणिज्य बैंकमध्ये नबिल बाहेक कुनै पनि बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार रुपैयाँभन्दा माथि छैन । केही समय एनआईसी एसिया बैंकको शेयर मूल्य १ हजार माथि उक्ले पनि फेरि १ हजार तल नै झरिसकेको अवस्था छ । लगानीकर्ताहरु माइक्रोफाइनान्सको शेयरमा आकर्षित हुनुको मुख्य कारण यिनीहरुले दिने आकर्षक लाभांश नै हो । चुक्ता पुँजी कम हुनु तथा अत्यधिक लाभांश दिनु नै लघुवित्तमा लगानीकर्ता आकर्षित हुने प्रमुख कारण रहेको अनुभवी शेयर लगानीकर्ताको विश्लेषण छ । पछिल्लो दुई वर्षदेखि लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गर्दै आइरहेको छ । लघुवित्त कम्पनीले आफ्नो नाफाबाट २० प्रतिशतसम्म मात्र लाभांश वितरण गर्न पाइन्छ । २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेमा बढी भएको अंशको ५० प्रतिशत रकम शेयरधनी कोषमा राख्नुपर्ने प्रावधान छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा कम मुनाफा यसपटक एनआईसी लघुवित्त वित्तीय संस्थाले दिएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएका थिए । कम्पनीले गत वर्ष स्वदेशी लघुवित्तलाई आफूमा विलय गराएर संयुक्त कारोबार गरेका हुन । एनआइसी एसिया लघुवित्त पछि कम लाभांश दिने कम्पनीमा फष्ट माइक्रोफाइनान्स लघुवित्त र आरएसडीसी लघुवित्त रहेका छन् । दुवै होलसेल कारोबार गर्ने यी लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश दिएका थिए ।

मर्जर तथा एक्विजिसनका कारण वोमी लघुवित्त, सुर्योदय लघुवित्त, नेपाल सेवा लघुवित्त, नाडेप लघुवित्त, आँधिखोला लघुवित्त र घोडाघोडी लघुवित्तको कारोबार नेप्सेमा रोक्का रहेको छ । राष्ट्र बैंकले मर्जरमा गएर कुनै कारणवश मर्जर तोडिए भने पनि कारवाही स्वरुप कारोबार खुला नगरिने हुँदा धेरै कम्पनीहरुको कारोबार पछिल्लो समय रोक्का रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।