एनआईसी एशियाको लाभांश रद्द

Jan 24, 2022 10:47 AM Merolagani



एनआईसी एशिया बैंक (NICA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै बैंकको लाभांश घोषणा तथा वितरण सम्बन्धि प्रस्ताव स्वीकृत नगरेपछि बैंकले लाभांश रद्द गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।