नोक्सानीमा रहेको जानकी फाइनान्सले नाफा कमाउन थाल्यो, प्रतिशेयर आम्दानी ११.८५ रुपैयाँ कायम

Jan 27, 2022 03:15 PM Merolagani

जानकी फाइनान्स (JFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ३ करोड ३ लाख रुपैयाँ नोक्सानीमा रहेको फाइनान्सले नाफा बढाउन सफल भएको हो ।

फाइनान्सले खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासँगै अन्य आम्दानीहरु बढाएपछि नाफा बढ्न टेवा पुगेको हो ।

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६५.३० प्रतिशत, नेट फि कमिशन ९३.९१ प्रतिशतले बढेरको छ । यस्तै गत आर्थिक वर्ष ३ करोड ४५ लाख रुपैयाँ ऋणत्मक रहेको फाइनान्सको संञ्चालन मुनाफा पनि ४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सले ३ अर्ब ८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९९ करोड ७२ लाख कर्जा लगानी गरेको छ ।

फाइनान्सले ९ करोड ५१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६५.३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ७५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ६० करोड ४ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ संञ्चित रहेको छ ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।