एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको ऋणपत्रहरु बिक्री गरिने

Jan 27, 2022 05:39 PM Merolagani

एनआईबिएल समृद्धि फण्ड –१ (NIBSF1) को स्वामित्वमा रहेको साधारण शेयरहरु अथवा ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गरिने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबर्द्धक एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड – १, २०७८ पुष २२ गते परिपक्व भएको थियो ।  तसर्थ योजना खारेजीमा लैजाने क्रममा ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गरिने भएको हाे।

उक्त साधारण शेयरहरु न्यूनतम मूल्य १०० रुपैयाँको दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य १,००० रुपैयाँको दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिनेछ ।

साथै, शेयर खरिदकालागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले, २०७८ माघ १३ गतेदेखि २०७८ माघ २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमा डौंमा आफूले लिन चाहेको शेयरहरु/ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिनेछ ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।