लुम्बिनी विकास बैंकको बोनस हितग्राही खातामा

Feb 17, 2022 09:04 AM Merolagani



लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले १३ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेकाे छ।

बैंकले १४ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा फागुन १ गतेदेखि बोनस शेयर जम्मा गरेको हो। गत पुस ९ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बैंकले साधारण सभा प्रयोजनार्थ मांसिर २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरिएको हो।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।