लुम्बिनी विकास बैंकको बोनस हितग्राही खातामा

Feb 17, 2022 09:04 AM Merolagani



लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले १३ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेकाे छ।

बैंकले १४ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा फागुन १ गतेदेखि बोनस शेयर जम्मा गरेको हो। गत पुस ९ गते सम्पन्न बैंकको वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

बैंकले साधारण सभा प्रयोजनार्थ मांसिर २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरिएको हो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।