नेपालमा पाँच सय र हजारको नोट प्रतिबन्ध हुने व्यापक हल्ला,सत्यता कति ?

Mar 08, 2022 06:30 PM merolagani

पछिल्लो केही दिन नेपालमा पाँच सय र एक हजारको नोट प्रतिब्नध लगाउने बिषयले व्यापक चर्चा पाइरहेको छ।

खासगरी सामाजिक संजालमा उक्त बिषयले प्रथिकता पाउँदै गएको हो। एक पछि अर्को व्यक्तिले सोही बिषयमा आफ्ना मत सामाजिक संजालमा जाहेर गर्न थालेपछि सर्वसाधारणमा समेत त्यसको असर देखिन थालेको छ।

सर्वसाधारणले उक्त बिषयमा आ-आफ्नै किसिमका तर्क गर्न थालेका छन्। जुन तर्क सुनेपछि सर्वसाधारण समेत त्यस बिषयमा सोच्न बाध्य हुन थालेका छन्। मुलुमा व्यापक भ्रष्टाचार बढेको र उनीहरुले कराेडौ रुपैयाँ घरमै राख्ने गरेकोले पाँच सय र एक हजारको नोट सरकारले प्रतिवन्ध लगाउन लागेको तर्क गरिदै छ। उता नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापनमा जति जोड लगाएको भए पनि त्यसमा सुधार नदेखिएकोले पनि प्रतिबन्ध लगाउन लागिएको अर्को तर्क छ। अबैध कामबाट आर्जित रकम घरमै राख्ने गरेको कारण ठूलो रकम बैंकिङ च्यानलभन्दा बाहिर गएर अड्किएकोले तरलता चाप परेको निष्कर्षमा सरकार पुगेको भन्नेसम्मकाे चर्चा बजारमा छ।

तर जसरी बजारमा नोट प्रतिबन्धको हल्ला र चर्चा छ। त्यसमा भने कतैबाट पनि पुष्टि हुने आधार भेटिएन। नेपालमा नोट छाप्ने र चलाउने जिम्मेवारी पाएको राष्ट्र बैंकले उक्त बिषयमा अहिलेसम्म कुनै कुरा नभएको स्पस्ट पारेको छ। “केन्द्रीय बैंकमा अहिलेसम्म त्यस बिषयमा कुनै चर्चै भएको छैन। यो हल्ला मात्रै हो। यसमा सत्यता छैन” नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले मेरो लगानीसँग भने।

हुनत नोट प्रतिबन्धको बिषयको निर्णय राष्ट्र बैंकले गर्ने पनि होइन। उक्त बिषयको निर्णय सरकाले गर्ने हो। सरकारले नै नोट प्रतिबन्ध लगाउने भए पनि हल्ला गरेर लगाउदैन। नोट प्रतिबन्धको बिषय सामान्य होइन। जसले गर्दा पनि सरकारले उक्त बिषयमा सत्यता भए नभएको स्पस्ट पार्नु पर्ने अवस्था भने सिर्जित भएको देखिन्छ। किनकि सर्वसाधारणमा उक्त बिषयले निकै ठूलो चिन्ता बढाउँदै लगेको छ।

यदि सरकारले उक्त बिषय अघि बढाउनै लागेको भए पनि उक्त निर्णय मुलुकको लागि घातक निर्णय हुने पूर्वगभर्नर चिरन्जिवी नेपालको भनाइ छ। उनका अनुसार नोट प्रतिबन्धले मुलुकको शाख कमजोर पार्छ। भारले केही वर्ष अघि गरेको नोट प्रतिबन्धले अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा प्रतिको बिश्वास घटाएको छ। मुद्रा प्रतिको बिश्वास घट्दा कम्बोडियको जस्तो अवस्था हुने नेपालको जिकर छ। “कम्बोडियमा आफ्नो देशको मुद्रा भन्दा बढी डलरको बिश्वास गरिन्छ। धेरै जसो कम्बोडियन नागरिकले अहिले पनि आफ्नो देशको मुद्रा भन्दा डलर राख्न मन पराउँछन्। आफ्नो मुलुकको मुद्रामा कम बिश्वास गर्ने गरेका कारण उनीहरुले त्यसो गरेका हुन्। जुन मुलुकको लागि राम्रो होइन” नेपालले भने।

मुद्रा भनेको मुलुकको शाख हो। नोट प्रतिबन्धले त्यसलाई कमजोर बनाउछ। मुद्रा प्रतिबन्ध गर्नु सजिलो कुरा पनि होइन। त्यही भएर प्रतिबन्धका उदाहरण संसारमा निक्कै कम छन्। अबैध मुद्रालाई प्रणाली बाटै हटाउन यस्तो निर्णय गर्ने गरिन्छ भन्ने गरिन्छ। तर त्यसले कुनै पनि मुलुकलाई सफल भने पारेको छैन। भारतमै पनि नोट प्रतिबन्धले भ्रष्टाचार कम गराएन भने सरकारले सोचे अनुरुप प्रणालीमा पैसा पनि आएन। बरु सर्बसाधारणले सास्ति ब्योहोर्नु पर्यो भने अन्तराष्ट्रिय स्तरमा मुद्राको शाखमा प्रश्न खडा गरेको नेपालले बताए।

जसले गर्दा पनि सरकारले यस्तो निर्णय गर्नु भन्दा अघि निक्कै पटक बिचार गर्नु पर्ने छ। नेपाल सरकारले मुद्रा प्रतिबन्ध लगाउने निर्णय नगरेकै राम्रो हुने नेपालको सुझाव छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।