तीन कम्पनीले पठाए बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

Mar 29, 2022 10:20 AM Merolagani



मञ्जुश्री फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्सले बोनस शेयर आफ्ना शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ।

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले २५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो। इन्स्योरेन्सले माघ ११ गतेसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो बोनस शेयर पठाएको हो। माघ २१ गते सम्पन्न इन्स्योरेन्सको १३ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसैगरी, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) ले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा ३१.०५ प्रतिशत बोनस शेयर पठाएको छ। पुस ३ गते सम्पन्न लघुवित्तको पाँचौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

मञ्जुश्री फाइनान्स (MFIL) ले पुस २९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस शेयर फाइनान्सले पुस १४ गतेसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा पठाएको हो।
यी तीनवटै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।