तीन कम्पनीले पठाए बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

Mar 29, 2022 10:20 AM Merolagani



मञ्जुश्री फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्सले बोनस शेयर आफ्ना शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ।

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले २५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो। इन्स्योरेन्सले माघ ११ गतेसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो बोनस शेयर पठाएको हो। माघ २१ गते सम्पन्न इन्स्योरेन्सको १३ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यसैगरी, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) ले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा ३१.०५ प्रतिशत बोनस शेयर पठाएको छ। पुस ३ गते सम्पन्न लघुवित्तको पाँचौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

मञ्जुश्री फाइनान्स (MFIL) ले पुस २९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस शेयर फाइनान्सले पुस १४ गतेसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा पठाएको हो।
यी तीनवटै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।