युनाइटेड इन्स्योरेन्सले यस वर्ष पनि लाभांश नदिने

Apr 04, 2022 10:39 AM Merolagani



युनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) ले यस पनि वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को कमाइबाट १० प्रतिशत लाभांश दिएको थियो। सो पश्चात शेयरधनीले लाभांश पाएका छैनन्।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।