युनाइटेड इन्स्योरेन्सले यस वर्ष पनि लाभांश नदिने

Apr 04, 2022 10:39 AM Merolagani



युनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) ले यस पनि वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको छ।

इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७२/७३ को कमाइबाट १० प्रतिशत लाभांश दिएको थियो। सो पश्चात शेयरधनीले लाभांश पाएका छैनन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।