सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने घट्यो

Apr 05, 2022 11:09 AM Merolagani



मंगलबार सुनको मूल्य बढेको छ। चैत २२ गते सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने घटेको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

साताको दाेस्राे कारोबार दिन, सुन तोलामा ६०० रुपैयाँले गिरावट भएको थियो। सो दिन सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने ओरालो लागेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य निरन्तर दोश्रो दिन गिरावट भएको हो। अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।