सुनको मूल्य सामान्य बढ्यो, चाँदी भने घट्यो

Apr 05, 2022 11:09 AM Merolagani



मंगलबार सुनको मूल्य बढेको छ। चैत २२ गते सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने घटेको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

साताको दाेस्राे कारोबार दिन, सुन तोलामा ६०० रुपैयाँले गिरावट भएको थियो। सो दिन सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने ओरालो लागेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य निरन्तर दोश्रो दिन गिरावट भएको हो। अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।