एनआईसी एशिया क्यापिटलले इकाईधनीहरुको बैंक खातामा पठायो लाभांश

Apr 13, 2022 10:04 AM Merolagani



एनआईसी एशिया क्यापिटलले आफ्नो व्यवस्थापनमा रहेका तीन म्युचुअल फण्डहरुको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश इकाईधनीहरुको खातामा पठाएको हो। क्यापिटलले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरेको हो।

हालसम्म संकलन नगरेको तथा बैंक खातामा पठाउँदा विविध कारणले गर्दा फिर्ता आएको इकाईधनीहरुको विवरण क्यापिटलको वेबसाइटमा राखिएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।